अष्ट्रेलियामा भएको चुनावमा एन्थनी अल्बनीज दोस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित

अष्ट्रेलियामा भएको आम चुनावमा अहिलेका प्रधानमन्त्री एन्थनी अल्बनीजले दोस्रो पटक जितेका छन् । लेबर पार्टीका नेताको रूपमा उनले एकपक्षीय जित हासिल गरेका र फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने निश्चित भएको बीबीसीले जनाएको छ ।
कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धन देशभर पराजय भएपछि लेबर पार्टीको बहुमत अझ सुदृढ भएको छ । गठबन्धनका नेता पीटर डटन आफैंले समेत आफ्नो पुरानो निर्वाचन क्षेत्र गुमाएका छन् । यो क्षेत्र विगत ३४ वर्षदेखि उनीहरूकै पकडमा थियो । उनले यस हारको सम्पूर्ण जिम्मेवारी आफैंले लिएका छन् ।
जीतपछि अल्बनीजले अष्ट्रेलियाली नागरिकले अष्ट्रेलियाली मूल्यको पक्षमा मतदान गरेका प्रतिक्रिया दिएका छन् । उनको जितपछि बेलायत र अमेरिका दुवैले अष्ट्रेलियासँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उत्सुकता व्यक्त गरेका छन् । लेबर पार्टीले झन्डै ८० सिटमा जित हासिल गर्न सक्ने आँकलन छ । लिबरल–नेसनल गठबन्धन झन्डै ५५ सिटमा सिमित रहने सम्भावना छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया