Techie IT
Samayabaddha
बुधबार, ७ असोज, २०८३

अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूका लागि अल्काट्राज जेल पुन: खोल्ने ट्रम्पको घोषणा


एजेन्सी, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज जेल पुन: खोल्ने र विस्तार गर्ने घोषणा गरेका छन्। ‘धेरै लामो समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त छ,’ ट्रम्पले आइतबार आफ्नो ट्रुथआउट सामाजिक साइटमा लेखेका छन्।

ट्रम्पले न्याय विभाग, एफबीआई र होमल्याण्ड सेक्युरिटीसँगै कारागार ब्यूरोलाई यी जेलहरू पुनः खोल्न निर्देशन दिएका छन्। उनले अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूको लागि अल्काट्राज जेल खोल्ने आदेश दिएको बताएका छन्। उनका अनुसार अल्काट्राजको पुनस् उद्घाटन कानून, व्यवस्था र न्यायको प्रतीक हुनेछ।

अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ, जुन १९६३ मा बन्द गरिएको थियो। अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रूपमा सञ्चालनमा छ। यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै अवस्थित छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट