Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु


काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै समाचार लेखेका छन् ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

शरीफ चौधरीका अनुसार आक्रमणमा मस्जिद सहित धेरै ठाउँहरू लक्षित थिए। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन्।

भारतले पाकिस्तानमाथि हमला गरेकै बेला पाकिस्तानी तर्फबाट पनि गोलीबारी भएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट