Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

भारतको हमलामा पाकिस्तान निवासी मसुद अजहरको परिवारका १० सदस्यको मृत्यु


एजेन्सी, २४ वैशाख । संयुक्त राष्ट्रसङ्घले ‘आतङ्ककारी’ भनेको पाकिस्तान निवासी मौलाना मसुद अजहरले बहावलपुरको शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा उनको परिवारका १० सदस्य तथा ४ निकट सहयोगी मारिएको बताएका छन्।

बुधवार उनको नेतृत्वको जैश–ए–मोहम्मद (जेइएम) समूहले एक वक्तव्य जारी गर्दै मारिनेहरूमा उनका दिदी र भिनाजु, भतिजा र भतिजा बुहारी अनि भतिजीसहित परिवारका अन्य पाँच बालबालिका रहेको उल्लेख गरेको छ।

सन् २०१९ को फेब्रुअरीमा भारत प्रशासित कश्मीरमा जेइएमले गरेको हमलामा ४० प्यारामिलिटरी सैन्य मारिएपछि दुई छिमेकी युद्धको संघारमा पुगेका थिए।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट