Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

बढ्दो तनावबीच भारत र पाकिस्तानमा ५५० उडान रद्द


काठमाडौं । हवाइ हमलापछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द भएको छ ।

रियल-टाइम फ्लाइड ट्र्याकिङ सेवा फ्लाइटरडार २४का तथ्याङ अनुसार हवाइ हमलापछि पाकिस्तानमा १६ प्रतिशत तथा भारतमा ३ प्रतिशत तालिकामा चल्‍ने व्‍यावसायिक उडान रद्द गरिएको हो ।

फ्लाइटरडार २४ का अनुसार पाकिस्तानमा १३५ उडान रद्द गरिएको छ भने भारतका ४१७ निर्धारित उडान रद्द गरिएका छन् ।

बुधबार सबै आन्तरिक तथा अर्न्तराष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्ना अन्तराष्ट्रिय एयरपोर्टमा यात्रुहरू भने पर्खिरहेको अवस्थामा भेटिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट