Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

टी–२० महिला विश्वकपको एशिया छनोटमा आज नेपाल र बहराइन खेल्दै


काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल थाइल्याण्डमा बिहान पौने ९ बजे सुरू हुनेछ ।

हिजो हङकङसँगको खेल वर्षाले मैदान ओसिलो हुँदा हुन सकेन । एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट