Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

पाकिस्तानले जम्मू सहरको कोलोनीमा आक्रमण गर्यो


काठमाडौं, २७ वैशाख । पाकिस्तानले शुक्रबार राति भारतको जम्मू सहरको रेहारी कोलोनीमा आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणबाट धेरै घरहरूमा क्षति पुगेको छ । सवारी साधनमा क्षति पुगेको छ ।

स्थानीयले पहिलो पटक सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरेर आक्रमण भएको छ ।

स्थानीय राकेश गुप्ताले भने, “ठूलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरिएको थियो । जताततै डर र त्रासको वातावरण थियो । पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ?”

केही मानिसहरू घाइते भएको र नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

बीबीसी टोली त्यहाँ हुँदा जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह पनि घटनास्थलमा पुगे । तर, लडाकु विमानहरूमाथि उड्न थालेपछि तुरुन्तै त्यहाँबाट फर्किएका थिए ।

हवाई आक्रमणको साइरन बजाइयो र मानिसलाई उक्त क्षेत्र खाली गर्न भनियो । बीबीसी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट