भारत–पाकिस्तानबीच युद्धविराम सहमतिमा अमेरिकी उपराष्ट्रपतिको आभार

भग्नावशेष भइसकेकाे घरमा बसेकाे युद्ध पीडित
भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनावलाई रोक्न अमेरिकी मध्यस्थतामा भएको युद्धविरामलाई स्वागत गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुबै मुलुकका नेताहरूको “मेहनत र प्रतिबद्धता”प्रति आभार व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा पोस्ट गर्दै उपराष्ट्रपति भान्सले लेखेका छन्, “राष्ट्रपतिको टोली, विशेषगरी सचिव रुबियोको उत्कृष्ट कार्य । भारत र पाकिस्तानका नेताहरूको कठोर परिश्रम र यो युद्धविराममा सहमति जनाउने इच्छाशक्तिका लागि म आभारी छु ।”
यो युद्धविराम सहमति त्यतिबेलामा आएको हो जब केही घण्टाअघि मात्र भारत र पाकिस्तानले एक–अर्काका सैन्य संरचनामाथि आक्रमण गरेका थिए । पछिल्लो सैन्य झडपले दक्षिण एशियामा तनावलाई गम्भीर रुपमा बढाएको थियो ।
अमेरिकी कूटनीतिक सक्रियतापछि आएको यो समझदारीले क्षेत्रीय स्थायित्वमा योगदान पुर्याउने आशा गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया