Techie IT
Samayabaddha
बुधबार, १४ असोज, २०८३

पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा ‘सामान्य क्षति’ भएको स्वीकार


इस्लामाबाद । पाकिस्तानी सेनाले आइतबार राति पत्रकार सम्मेलनको आयोजना गर्‍यो। यस पत्रकार सम्मेलनमा सेनाले भारतसँगको द्वन्द्वको समयमा आफ्नो एउटा विमानमा सामान्य क्षति भएको स्वीकार गरेको छ।

यद्यपि, पाकिस्तानी सेनाले यस विमानको बारेमा धेरै जानकारी दिएको छैन। भारत र पाकिस्तानले शनिबार आपसी सहमतिमा जमिन, आकाश र समुद्रमा हुने सबै गोलाबारी र सैन्य कारबाही तुरुन्तै रोक्ने निर्णय गरेका छन्।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले एउटा पाकिस्तानी विमानमा मात्र थोरै क्षति पुगेको बताए। एक प्रश्नको जवाफमा उनले पाकिस्तानको कब्जामा कुनै पनि भारतीय पाइलट नरहेको र त्यस्ता सबै समाचार ‘फेक सामाजिक सञ्जाल रिपोर्ट मा आधारित रहेको स्पष्ट पारे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट