एनआईसी एशिया बैंक चरम संकटमा: लिलामीका लागि छुट्टै वेबसाइट, जम्मा गरेको पैसा धमाधम निकाल्दै जनता

काठमाडौं । एक समय नेपालका सबैभन्दा आक्रामक रूपमा शाखा विस्तार गर्ने बैंकको रुपमा चर्चित एनआईसी एशिया बैंक अहिले चरम वित्तीय संकटको चपेटामा परेको देखिन्छ । अत्याधिक कर्जा प्रवाह, जोखिमयुक्त कर्जाको असुलीमा आएको समस्याले गर्दा यो बैंक सबैभन्दा धेरै घरजग्गा लिलामी गर्ने बैंकमध्ये एक बनेको छ । यसले लिलामी प्रक्रियालाई सहज बनाउन छुट्टै वेबसाइट नै निर्माण गरेको छ – जुन नेपाली बैंकिङ इतिहासमै दुर्लभ कदम मानिन्छ ।
लिलामीको अवस्था
एनआईसी एशिया बैंकको वेबसाइट अनुसार देशभर विभिन्न स्थानका सयौं घर, फ्ल्याट र जग्गाहरू अहिले लिलामी प्रक्रियामा छन् । यस्तो लिलामी बैंकले असुल गर्न नसकेको ऋणका कारण गरिन्छ । यसले बैंकको कर्जाको गुणस्तर निकै कमजोर भएको संकेत दिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्याङ्कले पनि यो पुष्टि गर्छ ।
सहकारी संकटपछि अब बैंक संकट: एनआईसी एसिया थला पर्न लाग्यो, ग्राहक डिपोजिट फिर्ता गर्न थाले
राष्ट्र बैंकको २०७९/८० को वित्तीय स्थायित्व प्रतिवेदन अनुसार, एनआईसी एशियाको गैरकार्यशील कर्जा दर उल्लेख्य रूपमा बढेको छ ।
लिलामी वेबसाइटः संकटको संकेत
बैंकले छुट्टै पोर्टल निर्माण गरी लिलामीका सम्पूर्ण विवरणहरू प्रकाशित गर्न थालेको छ । जुन सामान्यतया संकटग्रस्त बैंकहरूबाट मात्र अपनाइने रणनीति हो । यो वेबसाइटमा दैनिक नयाँ घरजग्गा थपिँदै गइरहेको छ – जसले बैंकको ऋण फिर्ता हुन नसकेको, सम्पत्ति कब्जा गरेर बिक्रीमा राखिएको स्थिति उजागर गर्छ ।
आम नागरिकको प्रतिक्रियाः खाता खाली गर्दै जनता
यो अवस्था थाहा पाएपछि एनआईसी एशियामा रकम जम्मा गर्ने व्यक्तिहरू धमाधम पैसा निकाल्न थालेका छन् । केही खातावालाले सामाजिक सञ्जालमा लेखेका छन्, ”बैंक लिलामीको व्यापारमा लागेको देखिन्छ, खाता सार्ने बेला भयो ।” अरूले लेखेका छन्, “जहाँ लिलामी बढ्छ, त्यहाँ जोखिम पनि बढ्छ ।”
कास्की, चितवन, बुटवल र मोरङ क्षेत्रका शाखामा पैसा निकाल्ने ग्राहकहरूको चाप पछिल्लो हप्ता निकै बढेको एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए ।
संकटका कारणहरू
अत्यधिक र अनियन्त्रित कर्जा प्रवाह – खासगरी रियल स्टेट र व्यापारिक कर्जामा, आक्रामक शाखा विस्तार – बैंकले एकैपटक सयौं शाखा खोलेर सञ्चालन खर्च बढायो, संकट व्यवस्थापन रणनीतिको अभाव – समयमै जोखिम मूल्यांकन नगरेर कर्जामा चाप सिर्जना भयो र आन्तरिक प्रणाली कमजोर – ऋण दिने प्रक्रियामा पारदर्शिता नहुँदा फिर्ता नहुने कर्जा बढ्यो ।
नियामक संस्थाको नजर
नेपाल राष्ट्र बैंकले पटक–पटक जोखिमयुक्त कर्जालाई नियन्त्रण गर्न निर्देशन दिएको भए पनि एनआईसी एशियाले त्यसलाई बेवास्ता गर्दै ठूलो मात्रामा ब्याजमात्र हेरेर कर्जा प्रवाह गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार, कुनै पनि बैंकको एनपीएल पाँच प्रतिशत माथि जानु संकटको संकेत हो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया