Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने


रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीयमा शान्ति वार्ता हुदैछ । आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम भने नरहेको बीबीसीले जनाएको छ ।

शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उनको नाम सूचीकृत नरहेको रुसको भनाइ छ ।

वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने खबरमा उल्लेख छ ।

पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भेट्नु भएको छैन । त्यसैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तामा दुवै देशका राष्ट्रपति सहभागी भएर पुटिनलाई व्यक्तिगत रूपमा पनि भेट्ने तयारी गरेका थिए ।

रुससँगको शान्ति वार्ताका लागि टर्कीय पुगिसकेका जेलेन्स्कीले त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि भेट्ने कार्यक्रम छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट