कमरेड ढलेको रात

‘कमरेड’ शव्द बाम्पन्थीहरुको प्रिय शब्द हो । ‘कमरेड’ को सामान्य अर्थ साथी, दौँतरी वा मित्र हो । विकासका क्रममा यस शब्दले विशिष्ट अर्थ वहन गरेकाले पछि आएर यो शब्द एउटै उद्देश्य र लक्ष्य बोकेर हिँडेका र कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्न थालियो । कम्युनिस्ट पार्टीमा लागेका सबै सदस्य समान मानिने हुँदा एक अर्कालाई सम्बोधन गर्दा समानता बोधक शब्द ‘कमरेड’ (साथी) को प्रयोग गरिएको हो ।
कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटीका अध्यक्षदेखि तल्लो कमिटीका सदस्यसम्मका सबै सदस्यलाई ‘कमरेड’ भनेर सम्बोधन गरिन्छ । ‘कमरेड’ शब्दले समानता र सम्मान दुवै जनाउँछ । कम्युनिस्ट कम्युनिज्मको अनुयायीलाई कम्युनिस्ट भनिन्छ । ‘कम्युन’ बाट कम्युनिज्म र कम्युनिस्ट बनेको हो ।
‘कम्युन’ भनेको साझा खेतीपाती, साझा उत्पादन, समान वितरण र उत्पादित वस्तुमा साझा स्वामित्व रहेको समुदाय वा जनपद हो । यस्तो समुदाय वा जनपद भएको सामाजिक विकासको उच्चतम अवस्था कम्युनिजम हो । उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व रहने हुँदा यस व्यवस्थामा प्रत्येक व्यक्तिले क्षमताअनुसारको काम र आवश्यकता अनुसारको दाम पाउँछन् र त्यहाँ सबै खालको शोषण समाप्त भई साम्य स्थिति रहन्छ ।
तर आजकल यो शब्दलाई कम्युनिस्ट भन्नेहरुले नै दुरुपयोग गरिरहेका छन् । अझ भनौँ, नेपालमा आफूलाई सच्चा कम्युनिस्ट हुँ भनेर दाबी गर्ने नेकपा माओवादी केन्द्रका नेता, त्यसमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत जीवनमा यो लागू भएको पाइँदैन । दिनभरी कम्युनिस्ट र कमरेडका थेगो कहने प्रचण्ड साँझ परेपछि झम्केझोलमा झुम्ने गरेको तथ्य केही दिनअघि ललितपुरको लाँकुरीभञ्ज्याङस्थित महंगो टेरेस रिसोर्टको शौचालयमा ढलेपछि सबैतिर छताछुल्ल भयो । त्यति व्यस्त कमरेड ढलेको तीन दिनसम्म त कुनै सर्वजनिक कार्यक्रममा उपस्थित हुन पनि सकेनन् । कमरेडलाई साँझ परेपछि रक्सी नभइ नहुने कुरा उनकै जनयुद्धका सहयोद्धा डा. बाबुराम भट्टराईको बारेमा पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अबिराम बाबुराम’ मा उल्लेख नैं छ ।
अहिलेका कम्युनिस्टहरु ‘अर्गानिक कम्युनिस्ट’ छैनन् । उनीहरु कहिले सिद्धान्तमा च्यूत भएर ढल्छन्, कहिले व्यवहारमा ढल्छन् त कहिले साँझ परेपछि रिसोर्ट, रेस्टुराँ र भट्टीमा ढल्छन्, कहिले स्वार्थका पोका खोसाखोस गर्दा भागबण्डा नमिलेर ढल्छन् र कहिले भाषण गर्दा जिब्रो चिप्लिएर ढल्छन् । त्यसैले उनीहरुको मुखले जतिसुकै आदर्शका भाषण ठोकेपछि ‘कम्युन’ चलाउनै सकेका छैनन् ।
अहिलेका कम्युनिस्टहरु ‘अर्गानिक कम्युनिस्ट’ छैनन् । उनीहरु कहिले सिद्धान्तमा च्यूत भएर ढल्छन्, कहिले व्यवहारमा ढल्छन् त कहिले साँझ परेपछि रिसोर्ट, रेस्टुराँ र भट्टीमा ढल्छन्, कहिले स्वार्थका पोका खोसाखोस गर्दा भागबण्डा नमिलेर ढल्छन् र कहिले भाषण गर्दा जिब्रो चिप्लिएर ढल्छन् । त्यसैले उनीहरुको मुखले जतिसुकै आदर्शका भाषण ठोकेपछि ‘कम्युन’ चलाउनै सकेका छैनन् ।
आफू प्रधानमन्त्री छँदा आफ्नो सचिवालयमा कार्यरत एक आईटी विभागका ‘कमरेड’ प्रकाश रायमाझीले यही २३ वैशाखमा कृति कार्कीसँग एकदमै सादगी तवरबाट ‘जनवादी विवाह’ गरेका थिए । उक्त विवाह पार्टी हेडक्वार्टर पेरिसडाँडामा कमरेड प्रचण्डकै प्रमुख आतिथ्यतामा भएको थियो । लाखौँ–करोडौँ खर्च गरेर भड्किलो विवाह गर्ने प्रवृत्तिबीच यो जोडीले एउटा उदाहरण कायम गरेको भन्दै ‘सुप्रिमो कमरेड’बाट खुब प्रशंसा भयो । तर, त्यही जोडीले राति टेरेस होटलमा दिएको विवाह पार्टीले कमरेडलाई ढलायो, त्यो पनि शौचालयमा ! सो पार्टीमा मद्यपानको यथेष्ट व्यवस्था थियो । प्रचण्डले पनि चुस्की लिँदै खुबै रमाइलो गरेका थिए ।
यसबोमा धेरै टिका टिप्पणीहरु भए । तर कमरेडको सचिवालयमा रहेकी छोरी कमरेडबाट बुवा कमरेड बाथरुममा लडेर सामान्य घाइते हुनुभएको हो भन्ने फेसबुक स्टेटश जारी भयो । तर स्टेटशमा कहाँको शौचालय हो भन्ने उल्लेख थिएन । ‘क्ल्यु’ पाएपछि पत्रकारहरुले किन सत्यतथ्य खोज्न बाँकी राख्थे र ? कमरेडलाई ढाल्ने खुमलटारको शौचालाय होइन रहेछ, त्यो त टेरेश रिसोर्टको रहेछ । तर त्यो ‘(बे)इमानी झम्केझोल’ कुन ब्राण्डको थियो ? यो भने सर्वत्र चासो र चर्चाको विषय बनेको छ । यसअघि संघीय संसदका पूर्वसभामुख कृष्णबहादुर महरालाई ढालेर कारागारसम्म पुर्याउने ब्राण्डको नाम त सबैले चिने नैं ।
हुन त कमरेडहरुले खान पो के बाँकी राखेका छन् र ? सुन खाए, घुस खाए, रक्तचन्दन खाए, ठगेर खाए, सिद्धान्त खाए, अझै के–के खान बाँकी नै होला त्यो भने समयक्रमले देखाउँदै जाला !
कमरेडका केही अन्धभक्त समर्थकहरु प्रतिप्रश्न गर्छन्, के कमरेडहरुले रक्सी खानै हुँदैन ? के कमरेडहरुले रेस्टुराँ, रिसोर्ट र भट्टी जानै हुँदैन ? के कमरेडहरुले मिठो मसिनो खानै हुँदैन ? के कमरेडहरुले राम्रो घरमा बस्नै हुँदैन, राम्रा लुगा लगाउँनै हुँदैन ? उत्तर यत्ति हो, खान त खाऊ तर बर्को ओढेर (लुकाए) घ्यु नखाऊ । लोकलाई चित्त बुझाएर, देखाएर खाऊ । नीति, बिधि, पद्दति, कानून अनुकुल खाऊ । पारदर्शी तरिकाले खाऊ । अरुलाई भोकै राखेर अपच हुनेगरी नखाऊ !
हुन त कमरेडहरुले खान पो के बाँकी राखेका छन् र ? सुन खाए, घुस खाए, रक्तचन्दन खाए, ठगेर खाए, सिद्धान्त खाए, अझै के–के खान बाँकी नै होला त्यो भने समयक्रमले देखाउँदै जाला !
क्याटेगोरी : बिचार, राजनीति
प्रतिक्रिया