Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

गाजा आक्रमणमा एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु


काठमाडौं, २ जेठ । इजरायलले मार्च १८ पछि गाजामा फेरि युद्ध सुरु गरेयता बिहीबार गाजाका प्यलेस्टिनीहरूको लागि सबैभन्दा भयावह दिन बनेको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार बिहीबार बिहानदेखि मध्येरात सम्ममा इजरायलको आक्रमणमा परेर एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु भएको बताएका छन् ।

शुक्रबार बिहानैदेखि गाजाको जबालिया, बेइत लाहिया र खान युनिस क्षेत्रमा भारी बमबारी जारी रहेको मिडिलइस्टआई अनलाइनले जनाएको छ ।

बिहीबार एकै दिनमा १२७ जनाको मृत्यु भएपछि गाजामा आक्रमणमा मृत्यु हुनेको संख्या ५३ हजारभन्दा नाघेको छ । गाजाको खान युनिसस्थित युरोपेली अस्पताल यो हप्ता भएको इजरायलको भारी बमबारीपछि पूर्णरूपमा बन्द भएको छ ।

यो अस्पताल गाजामा क्यान्सर बिरामीहरूको लागि मात्र उपचार गर्ने एकमात्र केन्द्र थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट