Techie IT
Samayabaddha
बुधबार, १४ असोज, २०८३

इरानसँग आणविक सम्झौताको नजिक पुगेका छौँ : ट्रम्प


काठमाडौं, २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौताको नजिक पुगेको बताएका छन् । इरानसँग आणविक कार्यक्रमसँग सम्बन्धित विवाद समाधान गर्ने उनको दोस्रो कार्यकालको प्रमुख लक्ष्यहरूमध्ये एक भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

“हामी इरानसँग दीर्घकालीन शान्तिका लागि धेरै गम्भीर वार्तामा छौँ,” ट्रम्पले मध्यपूर्वको चारवटा देश भ्रमणको तेस्रो दिन कतारमा एक व्यापारिक गोलमेच सम्मेलनमा भने, “यदि, हामीले त्यो गर्‍यौँ भने यो अत्यन्तै राम्रो हुनेछ ।”

उनले इरानले सम्झौताका शर्तहरू मान्ने सहमति जनाएको बताए । आफूहरू सम्झौताको नजिक पुगेको बताए ।

सम्झौता कस्तो हुनेछ र प्रावधान केके छन् त्यसबारे स्पष्ट भएको छैन । ट्रम्पले दुवै पक्षहरू सहमतिको नजिक पुगेको बताए पनि प्रमुख मुद्दामा यी दुई देश सहमतिबाट धेरै टाढा छन् । एउटा प्रमुख विवादको बिन्दु इरानले नागरिक प्रयोगका लागि कम ग्रेडमा युरेनियम समृद्ध गर्न पाउँछ वा ट्रम्प प्रशासनले माग गरेजस्तै यसले आफ्नो सम्पूर्ण कार्यक्रम नै भत्काउनुपर्छ भन्ने हो ।

ट्रम्पले भने, “म इरानलाई एक महान् देश बनाउन चाहन्छु । तर, उनीहरूसँग आणविक हतियार हुनु हुँदैन ।”

इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहीबार तेहरानमा आफ्नो नयाँ पुस्तक ‘पावर अफ नेगोसिएसन’ हस्ताक्षर समारोहमा भने, “इरानले कहिल्यै नागरिक आणविक ऊर्जाको आफ्नो अधिकार छाड्ने छैन । हाम्रा कुनै पनि आणविक समृद्धी सुविधाहरू भत्काइने छैनन् ।”

अराघची र राष्ट्रपतिका विशेष दूत स्टिभ विट्कफले ओमानको मध्यस्थतामा चार चरण वार्ता सम्पन्न गरिसकेका छन्, जसलाई दुवै पक्षले रचनात्मक भनेका छन्


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट