Techie IT
Samayabaddha
शनिबार, ३ जेठ, २०८२

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक हजार युद्धबन्दी रिहा गर्ने सहमति


रुस र युक्रेनबीच टर्किएको राजधानी इस्तानबुलमा वार्ता भएको छ । दुई देशबीच युद्ध शुरू भएको झन्डै तीन वर्षपछि रुस र युक्रेनका अधिकारीबीच आपसी छलफल भएको हो ।

यो वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । वार्तामा रुस र युक्रेनले एकरएक हजार युद्धबन्दी रिहा गर्ने सहमतिसमेत गरेका छन् ।

वार्तापछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै रुसको वार्ता टोलीको नेतृत्व गरेका भ्यादिमिर मेडिन्स्कीले हिजोको वार्ताबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले रुस आउँदा दिनमा हुने वार्ताका लागि पनि तयार रहेको बताए ।

युक्रेनी पक्षले दुई देशका राष्ट्रपतिबीच सोझै छलफल हुनुपर्ने शर्त राखेको थियो । रुस र युक्रेनबीचको वार्ताका लागि टर्किएले मध्यस्थता गरेको हो ।

यसअघि यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने भनिएको थियो तर अन्तिम समयमा उनीहरु उपस्थित भएनन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीच युद्ध रोकिने आशा जगाएको थियो ।

सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो । पछिल्लो ३ वर्षमा रुस–युक्रेन युद्धमा हजारौं सेना र सर्वसाधारण मारिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट