Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ स्थापना


लमजुङ, ५ जेठ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा ‘साम्बा चोक’  स्थापना गरिएको छ । सँगै उक्त चोकमा साम्बाको स्तम्भ पनि बनाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सोमबार लमजुङको मर्स्याङ्दी गाउँपालिका ९, खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गर्नुका साथै त्यहाँ निर्माण गरिएको साम्बाको स्तम्भको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका हुन् ।

एपीएफकी खेलाडी तथा सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबलर बन्न पुगेकी छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आवद्ध छिन् । कार्यक्रममा साम्बाका बुबाआमालाई सम्मान पनि गरिएको डीएसपी थापाले बताए ।

कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडाध्यक्ष हरिशचन्द्र थापा, स्थानीयवासी, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : खेलकुद, जनमञ्च, पालिका

प्रतिक्रिया


ताजा अपडेट