गणतन्त्र दिवस तीन दिनसम्म मनाउने सरकारको निर्णय, मूल समारोह समिति गठन

काठमाडौँ, ५ जेठ । सरकारले यस वर्षपनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरू लगायत सदस्य रहेका छन्।
बैठकले यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ।
बैठकले यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे। प्रधानमन्त्री ओलीले मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी) हरू पटकपटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न उनले निर्देशन दिए।
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले बोलाएको छलफलमा आउने वा नआउने भन्ने सोध्न समेत निर्देश गरे। त्यसपछि मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा बोलाएका मान्छे आउनुपर्ने कर्तव्य भएपनि उपस्थित नहुँदा त्यसको कारण सोध्न गाह्रो रहेको बताए। गणतन्त्र दिवसको जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया