Techie IT
Samayabaddha
सोमबार, ४ फागुन, २०८२

निर्वाचन तालिका स्थगन माग गर्न आयोग जाँदै देउवा समूह


काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जाने भएको छ ।

देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग जाँदैछन् ।

‘हामीले केहीबेरअघि सर्वोच्चमा दायर गरेको रिटको प्रमाणित पत्र लिएर उहाँहरू निर्वाचन आयोग जानुहुन्छ,’ उनले भने ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि माघ ६ गते मनोनयनको तालिका छ ।

पार्टीको विशेष महाधिवेशनबाट गगनकुमार थापासहितको कार्यसमिति निर्वाचित भएको छ ।

यसलाई निर्वाचन आयोगले आधिकारिकता रहेको निर्णय सुनाइसकेको छ ।

देउवा समूहले आयोगको निर्णय खारेज गर्न माग गर्दै आजमात्रै रिट दायर गरेको छ । पेसी माघ ६ गतेलाई तोकिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट