Techie IT
Samayabaddha
सोमबार, ४ फागुन, २०८२

चीनसँग व्यापार गरेमा क्यानडामाथि शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाबाट अमेरिका आयात हुने सबै वस्तुमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई लक्षित गर्दै भनेका छन् कि क्यानडाले चीनका सामान अमेरिका प्रवेश गराउने ‘ट्रान्जिट पोइन्ट’ बनाउन खोजे, त्यो स्वीकार्य छैन।

प्रधानमन्त्री कार्नीले जनवरी १३–१७ चीन भ्रमणमा व्यापार सम्झौता गर्दै क्यानडाको विद्युतीय सवारी साधनमा लगाइएको १००% कर घटाएर ६.१% गर्ने र चीनले क्यानडाका कृषि उत्पादनमा लगाएको कर घटाउने सहमति गरेका थिए।

ट्रम्पको चेतावनी व्यापारिक विवादसँगै रक्षा र भू-राजनीतिक मतभेदसँग पनि जोडिएको छ। अमेरिकी मिसाइल रक्षा परियोजना ‘गोल्डेन डोम’ र ग्रीनल्याण्डको सार्वभौमसत्तासम्बन्धी विषयमा दुई देशबीच असहमति देखिएको छ।

क्यानडाका लागि अमेरिका मुख्य निर्यात गन्तव्य भएकोले सम्भावित कर वृद्धिले कार, स्टिल, एल्युमिनियम उद्योगमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट