फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
काठमाडौं । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको छ। उक्त डुङ्गा पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको जनाइएको छ ।
खोजी र उद्धार अभियान जारी रहेको उल्लेख गर्दै डुङ्गाको अधिकतम यात्रु क्षमता ३५० रहेकोमा ३३२ जना यात्रुहरु सवार रहेका छन् ।
डुङ्गा डुब्नुका कारणबारे अझै अनुसन्धान भइरहेको जनाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय



















प्रतिक्रिया