Techie IT
Samayabaddha
आईतबार, १८ माघ, २०८२

भारतले ल्यायो ५३४ खर्ब भारुको बजेट, औद्योगिक विकासमा जोड


काठमाडौँ । भारतले औद्योगिक र आर्थिक विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०२६/०२७ का लागि ५३४ खर्ब भारु बराबरको बजेट विनयोजन गरेको छ ।

आइतबार अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको संघीय बजेटमा चालुतर्फ ४१२ खर्ब र पुँजीगततर्फ १२२ खर्ब भारुबराबरको बजेट विनियोजन गरेकी हुन् ।

अर्थमन्त्री सीतारमणले सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिएको बताएकी छन् । उनले गत वर्ष अगस्ट १५ पछि ३५० भन्दा बढी आर्थिक सुधार गरिएको समेत जानकारी दिइन् ।

अर्थमन्त्री सीतारमणले बजेट वक्तव्यका क्रममा भनिन्, ‘आर्थिक विकासलाई तीव्र बनाउनका लागि मैले ६ क्षेत्रमा सुधारको प्रस्ताव गर्दछु । सात रणनीतिक क्षेत्रमा उत्पादन बढाउने, पुराना ‌औद्योगिक क्षेत्रलाई पुन: नयाँ बनाउने, च्याम्पियन एसएमई बनाउने, इन्फ्रालाई बढावा दिने, लामो समयका लागि सुरक्षा तथा स्थिरता सुनिश्चित गर्ने र सहरी आर्थिक क्षेत्रको विकास गर्ने ।’

अर्थमन्त्री सीतारमणका अनुसार आर्थिक वर्ष ०२६/२७ का लागि आगामी ५ वर्षमा बायोफर्मामा १० हजार करोड रुपैयाँ लगानी गरिनेछ ।

त्यस्तै ‘रेयर अर्थ’ अर्थात् पृथ्वीमा रहेका दुर्लभ खनिजका लागि पनि सरकारले विशेष लगानी गर्ने भएको छ । ‌ओडिशा, केरल, आन्ध्र प्रदेश र तमिलनाडुलाई समेटेर रेयर अर्थ म्याग्नेट करिडोर बनाइने छ । इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङका लागि ४० हजार करोड रुपैयाँको प्रस्ताव गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया


ताजा अपडेट