Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

पाकिस्तानमा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सैनिकको मृत्यु


काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा १० जना सैनिकको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

बाजौर जिल्लाको मलंग इलाकामा रहेको भवनमा विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको थियो । विस्फोट भएको भवनमा पहिला मदरसा थियो भने पछि यसलाई सुरक्षा चौकीको रूपमा प्रयोग गरिएको थियो ।

सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा पनि १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी र ९ जना सैनिक रहेका छन् । भवनावशेषबाट शव निकाल्ने काम भइरहेको छ ।

प्रहरी अधिकारीका अनुसार अज्ञात व्यक्तिले विस्फोटले भरिएको गाडी प्रहरी चौकीमा ठक्कर दिएको थियो । सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

खैबर पख्तुनख्वाहका मुख्यमन्त्री सोहेल अफरिदीले भने आत्मघाती आक्रमणको निन्दा गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया


ताजा अपडेट