वर्षा बाधक बनेपछि अष्ट्रेलिया समूह चरणबाटै बाहिरियो
काठमाडौं । वर्षा बाधक बनेपछि अष्ट्रेलिया १७ बर्षपछि समूह चरणबाटै बाहिरिएको छ । टी–२० विश्वकप अन्तर्गत जिम्बाब्वे र आयरल्यान्डबीच मंगलबार अपरान्हको खेल वर्षाका कारण रद्ध भएपछि अष्ट्रेलिया समूह चरणबाट अघि बढ्न नसकेको हो ।
श्रीलंकास्थित पल्लेकेले मैदानमा वर्षाका कारण टस समेत हुन नसकी खेल रद्ध भएपछि दुबै टोलिले १–१ अंक बाँडे । योसँगै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ । अष्ट्रेलिया २००९ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो।
योसँगै जिम्बाब्वेले सुपर एटमा स्थान बनाएको छ । यस समूह ‘बी’बाट यसअघि आयोजक श्रीलंकाले सुपर एटमा स्थान बनाएको थियोे ।सो समुहबाट अष्ट्रेलिया, आयरल्यान्ड र ओमान बाहिरिएका छन् । जिम्वावेसंगै सुपर एटमा पुग्ने छ टोलीको टुंगो लागेको छ ।
क्याटेगोरी :
खेलकुद



















प्रतिक्रिया