महिला टी–२० विश्वकप २०२६ : तालिका सार्वजनिक, फाइनल जुलाई ५ मा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले महिला टी–२० विश्वकप २०२६ को पूर्ण खेल तालिका सार्वजनिक गरेको छ ।
प्रतियोगिता १२ जुनदेखि ५ जुलाईसम्म इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुनेछ । समूह चरणमै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएपछि प्रतियोगिताले सुरुदेखि नै विशेष आकर्षण पाउने अपेक्षा गरिएको छ ।
भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल १४ जुनमा Edgbaston मा हुनेछ । यस संस्करणमा कुल १२ टोली सहभागी हुनेछन् । आयोजक इङ्ग्ल्यान्डसँगै बंगलादेश, आयरल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्ड छनोट चरण पार गर्दै मुख्य प्रतियोगितामा पुगेका हुन् । एउटै संस्करणमा चार युरोपेली राष्ट्रको सहभागिता पहिलोपटक देखिएको छ ।
समूह–१ मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश र नेदरल्यान्ड्स छन् । समूह–२ मा वेस्ट इन्डिज, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलङ्का, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।
उद्घाटन खेल १२ जुनमा इङ्ग्ल्यान्ड र श्रीलङ्काबीच हुनेछ । सेमिफाइनल खेलहरू ३० जुन र २ जुलाईमा The Oval मा खेलाइनेछन् भने फाइनल ५ जुलाईमा Lord’s Cricket Ground मा आयोजना हुनेछ ।
क्याटेगोरी :
खेलकुद


















प्रतिक्रिया