Techie IT
Samayabaddha
शुक्रबार, २९ फागुन, २०८२

यूएईले अमेरिकालाई आफ्नो भूमिबाट इरानमाथि आक्रमण गर्न नदिने


काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई) ले अमेरिकालाई इरानविरुद्ध आक्रमण गर्न आफ्नो भूमि वा हवाई क्षेत्र प्रयोग गर्न अनुमति नदिने स्पष्ट पारेको छ।

यूएईकी राज्यमन्त्री राज्यमन्त्री लाना नुसैबेहले खाडी क्षेत्रमा इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै त्यसलाई अत्यन्तै गम्भीर, गैरकानुनी र बिना कुनै उक्साहट गरिएको कदम भएको बताएकी छन्।

उनले यूएईले इरानविरुद्ध जवाफी कारबाही गर्छ कि गर्दैन भन्नेबारे स्पष्ट प्रतिक्रिया नदिए पनि देशसँग आत्मरक्षाको अधिकार रहेको उल्लेख गरिन्।

नुसैबेहका अनुसार यूएईको अर्थतन्त्र सुदृढ रहेको र तेल संरचना तथा पर्यटन क्षेत्रमा भएको आक्रमणको प्रभाव सहन सक्ने क्षमता रहेको छ। हालैको आक्रमणका क्रममा दुबई अन्तर्राष्ट्रिय हवाई अड्डा
र केही होटलहरू प्रभावित भएको बताइएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट