Techie IT
Samayabaddha
बुधबार, १६ वैशाख, २०८३

मध्यपूर्वमा बढ्दो तनाव: अमेरिकाद्वारा आफ्ना नागरिकलाई १४ देश छाड्न आग्रह


काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ।

यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो।

दूतावासले लेखेको छ, ‘इराकमै बस्ने निर्णय गरिरहेका अमेरिकी नागरिकहरूलाई इरान समर्थित आतंकवादी मिलिसिया समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई मध्यनजर गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरिन्छ।’

अमेरिकाले शनिबार ओमानबाट गैर(आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको जनाएको छ।

यसैबीच, स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्रबाट अमेरिकी सेनालाई उडान भर्न दिने दुईवटा अनुरोधलाई खारेज गरिदिएको छ। स्विस सरकारले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। स्विट्जरल्यान्डले इरान युद्धलाई लिएर यस्तो निर्णय गरेको जनाएको छ।

स्वीस सरकारले आफ्नो निर्णयको पछाडि देशको ‘तटस्थता कानुन’ लाई उद्धृत गरेको छ।

विज्ञप्तिमा भनिएको छ( ‘यो कानुनले द्वन्द्वमा संलग्न पक्षहरूलाई हवाई क्षेत्रको प्रयोगको अनुमति दिनबाट रोक्छ, जसले उक्त द्वन्द्वसँग जोडिएको सैन्य उद्देश्य पूरा गर्दछ।’

यद्यपि, स्वीस सरकारले अन्य तीनवटा उडानलाई भने अनुमति दिएको जनाएको छ। तीमध्ये एउटा उडान मर्मतसम्भारका लागि र दुईवटा उडान ढुवानी सँग सम्बन्धित थिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया


ताजा अपडेट