प्रतिनिधिसभाले पायो पूर्णता, समानुपातिकतर्फका सांसदले लिए प्रमाणपत्र
काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको सम्पूर्ण नतिजा यसअघि नै सार्वजनिक भए पनि नवनिर्वाचित सांसदहरूले आज प्रमाणपत्र लिएसँगै प्रतिनिधिसभाले पूर्णता पाएको छ ।
यसअघि नै प्रत्यक्षतर्फका १६५ वटै सांसदले निर्वाचन अधकिृतबाट निर्वाचित भएको प्रमाणपत्र लिएका थिए । आज निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित ११० जनालाई प्रमाणपत्र दिएको छ ।
गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चाररचार जना सांसद निर्वाचित भएका छन् ।
आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया