Techie IT
Samayabaddha
शनिबार, २ साउन, २०८३

सेयर बजारमा फर्कियो उत्साह : नेप्से ४५ अंकले बढ्यो , कारोबार रकम ५ अर्ब नाघ्यो


साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४५ अंकले बढेर बन्द भएको छ। नेप्से ४५.६९ अंकले बढेर २०६४ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ८.३९ अंकले बढेको छ। दोहोरो अंकले बढेको बजारमा ५ अर्ब माथिको सेयर कारोबार भयो।

यसदिन ३२३ स्क्रिप्सको  १ करोड २२ लाख ४० हजार कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा खरिदबिक्री भए।  चार स्टकको सेयर सकारात्मक सर्किट  लेभलमा कारोबार भएको छ।

आत्मनिर्भर लघुवित्त,सबैको लघुवित्त,सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। माण्डु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

कारोबार रकमका  आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो।  सो कम्पनीको १४ करोड ८० लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो। फस्ट माइक्रो फाइनान्सको साढे ११ करोड बढीको सेयर कारोबार भयो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट