Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण


महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रा.लि.का निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरु र बैंक व्यवस्थापनको रोहबरमा छात्र सन्तोषकुमार मण्डललाई हस्तान्तरण गरेका हुन् ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले नेपालमै अवसरहरु रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पुर्‍याउनुपर्ने विचार व्यक्त गरे । साथै बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आगामी दिनहरुमा छात्रवृत्तिका कार्यक्रमहरुलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पुर्‍याउने कुरा बताए ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट