Techie IT
Samayabaddha
बुधबार, २४ वैशाख, २०८२

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै


काठमाडौं, वैशाख २४ – बजारमा देखिएको उच्च तरलताको कारण नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूको माध्यमबाट बोलकबोल प्रक्रियामार्फत २१ दिनका लागि ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने सूचना प्रकाशित गरेको छ। पछिल्लो ८ दिनमा मात्रै राष्ट्र बैंकले तीनवटा अलगअलग सूचना प्रकाशित गर्दै बजारबाट १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरिसकेको छ।

बोलकबोल प्रक्रियामा बैंकहरू प्रतिस्पर्धात्मक न्यूनतम ब्याजदरको आधारमा सहभागी हुनेछन्।

देशमा केही आर्थिक सूचकहरू सकारात्मक देखिए पनि व्यावसायीहरू अझै पनि ऋण लिनबाट हिच्किचाउने अवस्थामा छन्। यस्तो परिस्थितिमा बजारमा तरलता उच्च हुनु स्वाभाविक मानिन्छ। यही कारण राष्ट्र बैंक समयमै सक्रिय भई बजारको उच्च तरलता सन्तुलनमा राख्न प्रयासरत देखिएको हो। राष्ट्र बैंकले तरलता अत्यधिक हुँदा बजारबाट रकम संकलन गर्ने र तरलता कम हुँदा रकम प्रवाह गर्ने उपाय अवलम्बन गर्दै आएको छ। यसले मुद्रास्फीतलिाई नयिन्त्रणमा राख्न मद्दत पुर्‍याउँछ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट