अमेरिका र चीनबीच व्यापार सम्झौता

अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको सम्झौताबारे ह्वाइट हाउसले जानकारी दिएको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका भन्दै खुशी व्यक्त गरेका बीबीसीले जनाएको छ ।
सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि जानकारी दिइएको छ । सम्झौताको विस्तृत विवरण आज सार्वजनिक गर्ने तयारी छ ।
जेनेभामा भएको दुई दिने वार्ता रचनात्मक भएको र धेरै चाँडै सहमतिको विन्दुमा पुग्न सफल भएको अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरले बताएका छन् ।
वार्ता उपलब्धिमूलक भएको भन्दै उनले अमेरिका र चीनबीच धेरैले सोचेजस्तो ठूला भिन्नता नरहेका बताए।
अमेरिका अहिले १२ सय अर्ब डलरको व्यापार घाटामा छ । यही कारण राष्ट्रपति ट्रम्पले शुल्क लगाउने घोषणा गरेको खबरमा उल्लेख छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया