Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै


काठमान्डौ, २६ मंसिर । आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा व्यापक वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।

हिजो तोलामा १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छापावाला सुन आज २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत असोज ३१ गते तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको दर अहिले सम्मकै उच्च मानिन्छ ।

चाँदीको मूल्य पनि आज थप वृद्धि भई नयाँ इतिहास कायम भएको छ । प्रतितोला १०० रुपैयाँ बढेर चाँदीको मूल्य ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो । हिजोको दर ३ हजार ८०५ रुपैयाँ थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट