२५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ


















प्रतिक्रिया