Techie IT
Samayabaddha
आईतबार, १ चैत्र, २०८२

४८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज ४८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २२५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार २ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएके छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट