Techie IT
Samayabaddha
आईतबार, १ चैत्र, २०८२

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब ३२ करोड


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब २४ अंक बढेको नेप्से, यस दिन करिब साढे ४ अंक बढेको हो।

आइतबार नेप्से परिसूचक ४.४५ अंक बढेर २८२४.९० विन्दुमा पुगेको छ। नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशत बढेको छ। अरु बढेको उपसमूहहरुको वृद्धिदर भने सामान्य रहेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन सोलु हाइड्रोपावर र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट