Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

दक्षिण कोरियामा रहेका दुई जना नेपालीको मृत्यु


काठमाडौं, १४ माघ । दक्षिण कोरियामा रहेका दुई जना नेपालीको मृत्यु भएको छ। दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको छ। क्षयरोगका कारण उनको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष बुद्धि गुरूङले जानकारी दिए।

एक सातादेखि अस्पतालमै रहेका खतिवडाको आज निधन भएको हो । अर्का ३९ वर्षीय एक युवाको हृदयघातका कारण मृत्यु भएको एनआरएनए अध्यक्ष गुरूङले बताए।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट