Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

अमेरिकाले रुसबाट जफत सम्पत्तिबाट युक्रेनलाई २० अर्ब डलर दियो


अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिको कोषको नाफाबाट युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले २० अर्ब डलर विश्व बैंकको कोषमा जम्मा गरिसकेको र विश्व बैंकमार्फत त्यो रकम युक्रेनलाई उपलब्ध गराउने अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

येलेनले रुसबाट जफत गरेको सम्पत्तिको नाफाबाट उसैको आक्रमणको सामना गर्न युक्रेनलाई रकम दिनु भनेको रुसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने सन्देश रहेको बताएका छन्।

गएको जुनमा जी–सेभेन समूहका सदस्य देशहरूले रुसबाट जफत गरेको सम्पत्तिको कोषबाट युक्रेनलाई ५० अर्ब डलर दिने घोषणा गरेका थिए । त्यही घोषणाअनुसारको एक भाग अमेरिकाले उपलब्ध गराएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई अमेरिकी स्रोतमा बोझ भनेर टिप्पणी गरेको सन्दर्भमा कार्यकाल सकिन लागेको जो बाइडेन प्रशासनले रकम उपलब्ध गराएको हो । ट्रम्पले आफूले कार्यभार सम्हालेपछि चाँडै रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट