Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

मस्कोमा भएको विस्फोटमा परि आणविक प्रमुख जनरलसहित दुई जनाको मृत्यु


रुसको राजधानी मस्कोमा भएको विस्फोटमा रुसी सेनाका जनरल तहका एक सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएको छ ।

विस्फोटमा रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको उपकरण पड्किएको बताएका खबरमा उल्लेख छ ।

अक्टोबरमा बेलायतले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै जनरल किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो ।

यसैबीच युक्रेनले रुसी सेनाका जनरल इगोर किरिलोभाको हत्या गरेको दाबी गरेको छ । युक्रेनी सञ्चारमाध्यमले पनि लेफ्टिनेन्ट जनरल किरिलोभलाई युक्रेनी सुरक्षा सेवाले मारेको जानकारी दिएका खबरमा उल्लेख छ ।

रुसले किरिलोभको हत्यालाई ‘आतङ्कवादी कार्य’ भनेर टिप्पणी गरेको छ । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि पश्चिमा देशलाई दोष दिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट