Techie IT
Samayabaddha
मंगलबार, १३ असोज, २०८३

उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउन थालेको दक्षिणको आरोप


काठमाडौँ । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको दक्षिण कोरियाले बिहीबार जनाएको छ।

उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८ मा अन्तिम पटक भएको पुनर्मिलन कोरियाली प्रायद्वीपको विभाजनको विनाशकारी मानवीय मूल्यको प्रमाण थियो । तर यी भेटघाटहरू अन्तर–कोरियाली राजनीतिको अधीनमा थिए र प्योङयाङद्वारा प्रायः वार्ताको साधनका रूपमा प्रयोग गरिन्थे ।

सन् १९८८ देखि करिब एक लाख ३० हजार दक्षिण कोरियालीले आफूलाई ‘छुट्टिएका परिवार’ का रूपमा दर्ता गराएका छन् । सन् २०२५ सम्म आधिकारिक तथ्याङ्क अनुसार ती व्यक्तिहरू मध्ये करिब ३६ हजार जना अझै जीवित छन् । पचहत्तर प्रतिशतले आफ्ना आफन्तहरू जीवित छन् वा मृत छन् भन्ने थाहा नभएको बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट