Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारिएका पाकिस्तानको दाबी


अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारी मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ । गएको शुक्रवारदेखि हिजो आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले सीमा पार गर्न खोजिरहेको एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो ।

सेनाले यो समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतङ्ककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको बताएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार हुँदै आएको छ ।

पाकिस्तानी सरकारले अफगान सरकारलाई आतङ्कवादी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता बेवास्था गरिरहेको पाकिस्तानको भनाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट