Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

भारत-पाकिस्तान युद्धलाई लिएर अमेरिकी विदेश मन्त्रालयले मुख खोल्यो


काठमाडौं । भारत र पाकिस्तानबिच जारी तनावको बारेमा अमेरिकी विदेश मन्त्रालय बोलेको छ । अमेरिकाले दुवै देशले एक अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । युद्धले कुनै समाधान ननिम्त्याउने अमेरिकाको भनाइ छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा यो कुरा बताएकी हुन्। पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्नेकुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको छ ।’

यस्तै ब्रुसले भारत र पाकिस्तान बिचको तनावमा कुनै पनि प्रकारको मध्यस्थता केही खुलाइनन् ।

तर उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको बताइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेको बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट