Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

जसपाका नेपालका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश


सर्लाही, २३ फागुन । जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। सर्लाहीको मलंगवामा आयोजित जनसभामा साहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।
साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०७८ सालदेखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए।

पार्टी प्रवेशपछि नेता साहले अब माओवादीले मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको बताए।

पार्टी प्रवेशपछि नेता साहले अब माओवादीले मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको बताए। अहिले काङ्ग्रेस र एमाले पहिचान विरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने उनले बताए।


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट