Techie IT
Samayabaddha
बुधबार, १४ असोज, २०८३

भारतले पाकिस्तानसँग तनाव बढेपछि बन्द गरेका ३२ विमानस्थल खुलायो


एजेन्सी, २९ वैशाख । भारतले पाकिस्तानसँग तनाव बढेपछि बन्द गरेका ३२ विमानस्थल पुनः सञ्चालनमा आएका छन्।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब नियमित सञ्चालन हुनेछन्।

भारत र पाकिस्तानबीच चार दिनसम्म लडाइँ सुरु भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए। विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो।

भारत र पाकिस्तानबीच शनिबार साँझदेखि युद्धविराम भएको थियो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट