नाइजेरियामा बन्दुकधारीको हमला, ३० जनाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपश्चिममा रहेका तीन गाउँमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ ।
देशको नाइजर प्रान्तमा हतियारधारी व्यक्तिहरूले गोली हान्नुका साथै घाँटी रेटेर धेरै मानिसहरूको हत्या गरेका हुन् । उनीहरूले मानिसका घरहरूमा समेत आगजनी गरेका छन् ।
हतियारधारी समूहले धेरै मानिसहरूलाई अपहरण गरिएको र अपहरणमा परेका मानिसहरूको संख्या यकिन हुन सकेको छैन ।
शनिबार बिहान भएका आक्रमणहरू यस महिनाको सुरुमा भएको शंकास्पद जिहादी नरसंहार स्थल नजिकै भएका थिए, जसमा १०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।
धेरै वर्षदेखि, डाँका भनेर चिनिने सशस्त्र आपराधिक गिरोहहरूले नाइजेरियामा आक्रमण र अपहरण गर्दै आएका छन्। पछिल्लो समय पश्चिमी र मध्य क्षेत्रहरूमा यस्ता घटनाहरू तीव्र गतिमा बढेका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय



















प्रतिक्रिया