Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

नेपाल शिक्षक महासंघविरुद्ध विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा


काठमाडौं, १९ वैशाख । विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।

विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ । शिक्षक महासंघको समापन कार्यक्रममा बिहीबार दुई पक्षबीच चर्काचर्की भएको थियो ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट