Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

नेकपाले उत्पादन गरेको २ लाख किलो आलु चौधरी समूहलाई बिक्री: विप्लव


दाङ, जेठ १३- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीले २ लाख किलो आलु नेपालका प्रख्यात उद्योगपति विनोद चौधरीलाई बेचेको बताएका छन्। तुलसीपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विप्लवले चौधरीसँग काठमाडौँमा भेट हुँदा आफूहरूले यति ठूलो मात्रामा आलु उत्पादन गरेकोमा उनी आश्चर्यचकित भएको जानकारी दिए।

विप्लवका अनुसार, चौधरीले सुरुमा नेकपाले २०-३० हजार किलो मात्र आलु उत्पादन गर्ने अपेक्षा गरेका थिए, तर आफूहरूले लक्ष्यभन्दा धेरै अर्थात् करिब २ लाख किलो आलु उपलब्ध गराए। चौधरीले नेकपा अहिलेसम्मकै आफ्नो सबैभन्दा ठूलो आलु आपूर्तिकर्ता भएको पनि विप्लवले बताए।

विप्लवले हालै कैलालीका आलु किसानहरूसँग अन्तरक्रिया गर्दा उनीहरू निकै उत्साहित भएको पनि उल्लेख गरे। उनले पुँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौंसहित नेपालका तीन ठाउँमा साना उद्योगहरू सुरु गरेको र ती सबै राम्रो नाफामा चलिरहेको बताए। उनले कतिपय मानिसहरूले विप्लवको पार्टीलाई उत्पादन दिनु हुँदैन भन्ने जस्ता रूढिवादी सोच राखेकोमा गुनासो पनि गरे।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट