स्रोत नखुलेको पन्चानब्बे लाख रुपैयाँसहित चार जना पक्राउ

काठमाडौँ, २२ वैशाख । पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ४ बजे काठमाडौँ महानगरपालिका ९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा खानतलासी गर्दा उनीहरूबाट स्रोत नखुलेको नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई , लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही गाउँका वर्ष ३९ को सन्तोष घिमिरे छन् ।
उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया