Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा भूककम्पबाट एक घर भत्कियो


संखुवासभा, २३ पुस । चीनको तिब्बत केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ।

आज बिहान चीनको तिब्बत केन्द्रविन्दु बनाएर आएको भूकम्पबाट भोटखोला –१ किमाथाङ्कामा तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको उनको भनाइ छ।

भूकम्पले शेर्पाको दुई तले ढुङ्गा टिनको छानो भएको घर चिरा परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। शेर्पाको घरमा ७ जनाको परिवार बस्दै आएका थिए। भूकम्पबाट अहिलेसम्म मानवीय क्षतिको सूचना नआएको र विवरण सङ्कलनका लागि स्थानीय तह,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको प्रजिअ खड्काले बताए।

चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा सदरमुकाम खाँदबारी आसपास ठुलो धक्का महसुस गरिएको थियो। भूकम्पबाट किमाथाङ्का नाकापारी सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको भोटखोलाका स्थानीयले बताएका छन्।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट