Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

कान्समा ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरमा सहभागि भए बालेन


काठमाडौं महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग लिएका छन् ।

नेपाली समयानुसार बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको फिल्मको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा निर्देशक कोप्पोला, सुपरस्टार एडम ड्राइवर, बलिउड अभिनेत्री ऐश्वर्या राय पनि सहभागि रहे ।

कालो सुट र टोपीमा रेडकार्पेटमा बालेन देखिएका छन् । साथै, उनका व्यवस्थापन सल्लाहकार कुमार ब्यञ्जनकार पनि त्यहाँ छन् । साथै, बालेनले सोही दिन कान्स सहरका समकक्षी डेभिड लिसनार्डलाई पनि भेटेका छन् ।

‘मोगालोपोलिस’ले कान्समा ७ मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले सकारात्मक समीक्षा पनि प्राप्त गरेको छ । यो फिल्मको कथावस्तु सहरको भविष्य बनाउन वास्तुकार र एक भ्रष्ट मेयरको लडाइको वरपर घुमेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट