Techie IT
Samayabaddha
शनिबार, १३ असार, २०८३

काठमाडौँको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव, अनुसन्धान गर्दै प्रहरी


काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज बिहान एक पुरुष मृत भेटिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार ३५/४० वर्षका देखिने व्यक्तिको शव फेला परेको हो।

प्रहरीलाई स्थानीयले साढे ५ बजेतिर खबर गरेका थिए।

‘शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ’, एसपी अधिकारीले भने, ‘हामी उनको पहिचान गर्दै छौँ, बुझ्दै छौँ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट